“कृषि र वन क्षेत्रको एकीकरणमार्फत स्थानीय उद्यमशीलता प्रवर्द्धन: ग्रीन फाउन्डेशन नेपालको तीन दिने तालिम”


ग्रीन फाउन्डेशन नेपालको आयोजनामा ‘कृषि वन उद्यम सहकारी’ तीन दिने अभिमुखीकरण तालिम हेटौंडा, मकवानपुरमा सफलतापूर्वक सम्पन्न भएको  छ। तालिमले कृषि र वन क्षेत्रलाई एकीकृत गर्दै स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामुदायिक वन र कृषि सहकारीका प्रतिनिधिहरूलाई सहभागी गरायो। कार्यक्रममा जैविक विविधता संरक्षण, गैरकाष्ठजन्य उत्पादनको सम्भावना, स्थानीय उत्पादनको बजारीकरण, र काठ तथा बाँसको बहुउपयोगिताबारे ज्ञान आदानप्रदान गरीएको छ। सहभागीहरूले तालिमले स्थानीय उत्पादनको प्रवर्द्धन र स्वरोजगारका नयाँ अवसरहरू सिर्जना गरेको उल्लेख गर्दै वन र कृषिलाई सहकारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। तालिममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, र विभिन्न सहकारी तथा सामुदायिक वनका  प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमले स्थानीय समुदायलाई उद्यमशीलता र नवप्रवर्द्धनतर्फ उन्मुख गराउँदै ग्रीन फाउन्डेशन नेपालको योगदानलाई अझ मजबुत बनाएको छ।

 https://tourshala.com/ne/288247/